राष्ट्रपति रामवरण पैदल - TopicsExpress



          

राष्ट्रपति रामवरण पैदल हिँडेर मतदान केन्द्रमा मन थाम्न नसकेर बाहिरिएको प्रतिक्रिया ४ मंसिर,काठमाडौं । मतदान नगर्ने निर्णयमा पुग्नुभएका राष्ट्रपति डा. रामवरण यादव मंगलबार विहान मतदान शुरु हुादा शीतलनिवासभित्रै हुनुहुन्थ्यो । सिंगै मुलुक चुनावमा होमिएका बेला प्रजातान्त्रिक पृष्ठभूमिका राष्ट्रपतिलाई शीतलनिवासभित्रै बसिररहन मन मानेन र छटपटि पैदा भयो । त्यसपछि राष्ट्रपतिले सचिव ललितबहादुर बस्नेतलाई भन्नुभयो, हिाड्नोस् मतदान केन्द्रमा हेर्न जाऔं ।’ मतदान शुरु भएको तीन घण्टापछि राष्ट्रपति यादव शीतलनिवासबाट निस्कनुभयो र पैदल हिाडेर काठमाडौं क्षेत्र नं ५ मा अवस्थित कान्ति क्लबको मतदान केन्द्रमा पुग्नुभयो । त्यहाँ पुगेर करिब ५ मीनेट मतदान भइरहेको दृश्य हेरेपछि उहाा शीतलनिवास फर्कनुभयो । आफू लोकतान्त्रिक पृष्ठभूमिको व्यक्ति भएकाले मतदानको दिन चुप लागेर बस्न मनले नमानेको हुादा मतदानको गतिविधि हेर्न निस्किएको राष्ट्रपति यादवले प्रतिक्रिया दिनुभएको स्रोतले बतायो ।
Posted on: Tue, 19 Nov 2013 05:42:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015