व्यर्थमा किन चिन्ता - TopicsExpress



          

व्यर्थमा किन चिन्ता गर्छौ ? कोसँग व्यर्थैमा डराउँछौ ? तिमिलाई कसले मार्न सक्छ र ? आत्मा न त पैदा हुन्छ न मर्छ नै । - - जे भयो त्यो राम्रै भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ तिमी भूतको पश्चाताप नगर । भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ । - - तिम्रो के गयो र त्यसका लागि तिमी रुन्छौ ? तिमिले के लिएर आएका थियौ जुन तिमिले गुमायौ ? तिमिले के रचना ग ¥यौ जुन नाश भयो ? न त तिमिले केही लिएर आएका थियौै न लाने नै छौ । जे लियौ यहीँबाट लियौ । जे दियौ यहीँ दियौ । जे लियौ उहाँ (भगवान) बाट लियौ र जे दियौ उहाँ (भगवान)लाई नै दियौ । - - खालि हात आयौ र खालि हात नै जानेछौ । जे आज तिमिसँग छ हिजो कसैको थियो र भोली अरु कसैको हुनेछ । तिमि यसलाई आफ्नै सम्झेर मग्न र मख्ख भईरहेका छौ । वस् यही प्रशन्नता तिम्रो दुःखको कार हो । - - परिवर्तन संसारको नियम हो । जसलाई तिमि मृत्यु सम्झन्छौं त्यही त जीवन हो । एकैछिनमा तिमि करोडौंको माल हुन्छौ भने अर्को क्षणमा दरिद्र हुनसक्छौ । मेरो, तिम्रो, उसको, ठूलो सानो आफ्नो, अर्काको भन्ने मनबाट निकाल त्यसपछि सबै तिम्रै हो र तिमी सबैका हौ । - - न त यो शरीर तिम्रो हो न तिमि यो शरीरका हौ । यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाशले बनेको हो र यसैमा मिल्नेछ । तर आत्मा भने स्थिर छ – त्यसो भए तिमि को हौ ? - - तिमि आफूले आफूलाई भगवानप्रति अर्पित गर । यो नै सबैभन्दा उत्तम सहारा हो । जसले यो सहाराको बारेमा जान्दछ ऊ भय, चिन्ता र शोकबाट सर्वदा मुक्त हुन्छ । -- तिमि जे जसो गर्छौ सबै भगवानको नाममा अर्पण गर्दै जाऊ यसो गरेमा सँधै जीवन मुक्तीको आनन्द अनुभव गर्न सक्छौ । jibraj kharel tulsipur Dang Nepal.
Posted on: Wed, 14 Aug 2013 13:49:50 +0000

Trending Topics



Recently Viewed Topics




© 2015