साउदीमा १० नेपाली युवा - TopicsExpress



          

साउदीमा १० नेपाली युवा अलपत्र बैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका कास्कीका एक सहित १० नेपाली साउदीमा अलपत्र परेका छन् । गत असार १८ गते साउदीका लागि उडेका उनीहरु साउदीमा काम नपाएपछि खुसाइबी मकैया सहरमा अलपत्र परेको उनीहरुले बताएका छन् । कास्की लामाचौरका बलराम पौडेल, तनहुँका गोविन्द आचार्य, नवलपरासी मणिराज मगर र लेखराज मगर, चितवनकार् इश्वरी पाठक, गुल्मीका दान बहादुर बस्नेत, धादिङ बुद्धिमान विसुन्के, दैलेख भक्तबहादुर विष्ट र मोरङका खगेन्द्र बहादुर भुजेल र धन तामाङ अलपत्र परेका हुन् । आफूहरुको उद्धारका लागि पटक पटक साउदी स्थित नेपाली राजदुताबासलाई आग्रह गरेपनि दुताबासले चासो नदिएको लामाचौरका बलराम पौडेलले रेडियो तरंगलाई बताउनुभयो । अलपत्र परेका नेपाली कामदारहरु काठमाण्डौ कलंकी स्थित किट्स इम्पोइमेण्ट र्सर्भिस प्रा.लि मार्फ रोजगारीका लागि साउदी गएका हुन् ।
Posted on: Sat, 21 Sep 2013 03:42:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015