सिरियामा द्वन्द्व - TopicsExpress



          

सिरियामा द्वन्द्व चर्केर त्यत्तिका मान्छे मरेपछि अहिले असादले आफ्नै जनतामाथि रासायनिक ग्यासको प्रयोग गरेको बहानामा संयुक्त राष्ट्रसंघको अनुगमन प्रतिवेदन नआइकनै अमेरिकाले युद्ध गर्नसक्ने खबर आए । पश्चिमा राष्ट्रले यो आक्रमणलाई नैतिकताको लडाइँका रूपमा चित्रण गरिरहेका छन् मानौं संसारको सबै नैतिकता तिनकै ठेक्का होस् । सिरियामा बम वर्षा गरिएन भने नैतिकतामै प्रश्न उठ्छ भन्नेखालका बयान दिदैँछन् अमेरिका र बेलायतका नेतागण । बम खसाएर सिरियालाई अझै ध्वस्त पारेपछि कस्तो शान्ति आउला भन्या हो ? मध्यपूर्वमा गरिएका सबै आक्रमणको परिणाम भयावह नै रह्यो । त्यो पूरै इलाका नै अस्तव्यस्त भएको छ । मानवीय हस्तक्षेप (ह्युमानिटेरियन इन्टरभेन्सन) को नाममा गरिने यस्ता आक्रमणको कुनै राम्रो परिणाम आउने लक्षण देखिँदैन । सिरियाका सहर खरानीमा परिणत भएर हावाले उडाएका नरमाइला दृश्य अहिल्यै कल्पना गर्न सकिन्छ । सांस्कृतिक र भौगोलिक आधिपत्य नै त हो यो आक्रमणको अभीष्ट !अनि पश्चिमी मिडिया पनि आसन्न युद्धको खबरले र्याल चुहाउँदै बसेको छ, गतिला हेडलाइन आउने भए भनेर । पछि यो हस्तक्षेपको सुनिश्चित नराम्रो परिणाम आएपछि यही मिडियाले सिरियाली जनताको पीडाका चित्र उतार्दै पश्चिमी शासकलाई गाली गर्दै लेख छपाउँछन् र नक्कली आँसु बगाउँछन् । पाखन्डीको दबदबा छ जताततै ।
Posted on: Fri, 30 Aug 2013 09:20:45 +0000

Trending Topics



Recently Viewed Topics




© 2015