हामी के गर्दैछौ र के - TopicsExpress



          

हामी के गर्दैछौ र के गरिरहेका छौ? के बुद्ध नेपाल मा जन्मिएका हुन् भन्नलाई माहात्मा गान्धिलाई पानीपुरिवाला नै बनाउनु पर्छ? के बुद्ध नेपाल मा जन्मिएका हुन् भन्नलाई हरेक भारतियलाई गालि गलौच नै गर्नु पर्छ? के बुद्ध नेपाल मा जन्मिएका हुन् भन्नलाई हरेक भारतियलाई बलात्कारी भन्नु पर्छ, जनसङ्ख्याको अनुपातको दृष्टिकोणले हेर्ने हो भने नेपालमा बढि बलात्कारको घटना भएको छ के बुद्ध ले तपाई हामीलाई शान्तिको बाटो अपनाउन भनेका होइनन्?? के यहि हो तपाईहरुको शान्तिको बाटो, के पाउनु हुन्छ भारतको झन्डा जलाएको, नयाँ दिल्लीको लक्ष्मीनगरमा कति नेपाली छन् थाहा छ, उनिहरुलाई भारतियले आक्रमण गरे भने के गर्नु हुन्छ, तपाइले जिम्मा लिनुहुन्छ? आज कर्नाटकको एउटा बिधालयमा नेपाली बिधार्थिलाई छिर्न रोक लागाइयो, तपाई हामी नेपाली मिलेर घिन लाग्दो ब्यबहार देखाउने उताका नेपालीहरुले सास्ति भोग्ने, यहि हो देश प्रेम तपाइको???? यदि देशकै माया थियो भने किन आउनु भएन बन्दको बिरोध गर्न, तुच्छ ब्यबहार देखाएर Keyboard पछाडि ठुला ठुला कुरा गर्न त आउँछ नि होइन त???
Posted on: Thu, 12 Sep 2013 12:56:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015