एउटा गाउँका 2 जना युवा शहर - TopicsExpress



          

एउटा गाउँका 2 जना युवा शहर घुम्न गएछन, उनीहरुले जिन्दगीमा "चिया" देखेका पनि थिएनन र पिएका पनि थिएनन । शहरमा घुम्दा घुम्दै एउटा होटेलमा बसेर केहि मान्छेहरुले गिलाँसमा केहि चीज पिउन लागेको देखे र दुबैले सल्लाह गरे, त्यो हामीले पनि एक एक गिलाँस पिउँन त ! अनि होटेलवालासँग आर्डर गरेछन- साहुजी हामीलाइ पनि त्यो एक एक गिलाँस दिनुस न ! होटेलवालाले चिया दिएछ र उनीहरुले खुब मजासँग पिएछन र भनेछन- ओहो यार ! झोल मात्र त यति मीठो हुने रैछ भने यसमा एक दुइवटा चौटा मिसाएको भए झन कति मीठो हुँदो हो हगि ? "प्रभातकालिन नमस्कार छ है मेरा सम्पुर्ण आत्मिय मित्रजनहरुलाई"।।।
Posted on: Tue, 09 Jul 2013 00:18:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015