साउदीको जंगलमा १७ नेपाली - TopicsExpress



          

साउदीको जंगलमा १७ नेपाली अलपत्र ********************************* ८ साउन, काठमाडौं । काठमाडौंको मित्रनगरमा रहेको शुभम ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि.बाट साउदीअरब गएका १७ जना नेपाली त्यहाँको जंगलमा अलपत्र परेका छन् । यही साउन ४ गते शुक्रबार विहान काठमाडौंबाट साउदी उडेका १७ जना नेपालीहरुले फोन गरेरर आफूहरु अलपत्र परेकेा बताएका हुन् ।१७ जना मध्येका डुकबहादुर रानाले आफूहरुलाई पठाएकोकम्पनी वेटमिल लिमिटेड तीन महिना अघि नै बन्द भइसकेको त्यहाँ पुगेपछि थाहा भएको बताए शुभम ओभरसिज इम्प्लोइमेन्टले प्रति ब्यक्ति एक लाख तीस हजार लिएको पनि सो म्यानपावर कम्पनीले आफूहरुलाई फसाएको भन्दैउनीहरुले नेपाल फर्काइदिन आग्रह गरेका छन् । अर्का नेपाली बसन्तप्रसाद पौडेलले आफूहरु भएको कम्पनीको मालिक पाकिस्तानी भएको भन्दै ऊ त्यहाँबाट भागेर पाकिस्तान गइसकेको बताए ।उनले भने-हामीले यहाँ आएर सबै कुरा बुझ्दा हामी फसिएछौ भन्ने थाहा भयो । कम्पनी बन्द छ हामीले कहाँ काम गर्ने हामीलाई कस्ले तलब दिने केही थहा छैन म्यानपावरले हामीलाई लोभ देखाएर फसायो हाम्रो उद्वार गरिदिनुपर्यो घरमा परिवारहरु पनि आत्तिएका छन् ।’ उनीहरुले जतिसक्दो आफूहरुलाई नेपाल फर्काउनम्यानपावर कम्पनीलाई आग्रह गरेपनि म्यानपावरले वास्ता नर्गनुका साथै फोनै नउठाएको बताए । ‘हामीहरु साउदीको जुवेल भन्न ठाउँमा जंगलकेा बीचमा छौ’ अर्को प्रेम भारतीले भने ।शुभम ओभरसिज इम्प्लोइमेन्ट प्रालिका सञ्चालक श्याम गुरुङले एक महिनाभित्र उनीहरुलाई काममा लगाउने भनेर पठाएको भन्दै अहिले त्यहाँ रमजान पर्व परेकोकारण कम्पनी बन्द भएको बताए ।अलपत्र पर्नेमाअम्बिर गुरुङ, दिपक दमई, मनबहादुर तामाङ, शोमबहादुर तामाङ,बेलबहादुरतामाङ,कैलास तामाङ, डुकबहादुर राना, शुवास परियार, प्रेमलाल भारती, राजेश गुरुङ,बसन्तप्रसाद पौडेल, दिपेन्द्र राय,राजबहादुर लिम्बु, अकाशगुरुङ,सौरभ कुमार कुँवर, टोमलाल पुरी र चेत्रभुज भण्डारी रहेका छन् । उनीहरुले आफूहरुलाई भेडाबाख्रा राखेझै एकै ठाउँ थुपारेर राखेको समेत बताएका छन् । त्यहाँ स्थित नेपाली एम्बेसीसम्म जाने भाडासम्म नभएका कारण आफूहरु जंगलमै रहेको बताएका छन् ।
Posted on: Tue, 23 Jul 2013 16:32:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015