३३ दलको आमहड्ताल २५ गते - TopicsExpress



          

३३ दलको आमहड्ताल २५ गते मात्र, अन्य दिन यातायात बन्द ३३ दलीय मोर्चाले २५ गते विहान ६ बजेदेखि साँझ ५ बजेसम्म यातायात, बजार, कलकारखाना, शिक्षणसंस्था बन्द गर्ने बताएको छ । यातायात हडताल भने २५ गतेदेखि मंसिर ४ गते साँझ ५ बजेसम्म जारी रहने मोर्चाले जनाएको छ । यातायात हड्तालका क्रममा एम्बुलेन्स, रेडक्रस, अस्पतालका गाडी, शववाहन, फोहोर, पानी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडी, रिक्सा, साइकल र गेठा चल्न दिइने विज्ञप्तिमा उल्लेख छ । तर, यातायात हड्तालका क्रममा स्कुल बसहरुलाई भने चल्न नदिने माओवादी सचिव गुरुङले बताउनुभयो । यातायत हड्तालमा स्कुल बस चल्न दिने कि नदिने भन्ने अनलाइनखबरको प्रश्नमा गुरुङले भन्नुभयो-’विद्यालय खोल्ने नखोल्ने उहाँहरु नै जान्नुस तर, स्कुल बस चलाउन दिँदैनौं ।’ यसअघि माओवादी नेतृत्वको ३३ दलले आफ्नो सहभागिताविना हुने चुनावको सक्रिय बहिस्कार गर्ने भन्दै कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको थियो । ३३ दलीय मोर्चाले देशलाई द्वन्द्वमा जान नदिन मंसिर ४ को निर्वाचन स्थगित गरेर गोलमेच सम्मेलनगर्नु पर्ने अडानलाई पुनः दोहोर्‍याएको छ । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै ३३ दलीय मोर्चाले यदि सरकारले धरपकड गरेमा भने त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ । ‘लोकतन्त्रमा निर्वाचन वहिष्कार गर्ने अधिकार हुन्छ । यदिन सरकार हस्तक्षेपमा उत्रेमा जनता प्रतिकारमा उत्रने छन्’, गुरुङले भन्नुभयो-’चारदलसँग सैद्धान्तिकरुपमा सहमतिमा पुगेको अवस्थामा चार दल र सरकार विमतिको बाटोमा गए । शान्तिपूर्ण बहिष्कारको विरुद्धमा सेना परिचाल गर्नु भनेको राजनीतिक रुपमा पराजित हुनु हो ।’ - onlinekhabar
Posted on: Sun, 10 Nov 2013 16:50:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015