कजना भक्तबाट प्रभावित - TopicsExpress



          

कजना भक्तबाट प्रभावित भगवानले आफ्नो खुशी प्रकट गर्दै भन्नु भयो : - हे मनुवा, तैंले जे वर माग्छस् म त्यो पुरा गरि दिन्छु, तर एउटा कुरा ख्याल राख - तैंले जति पाउनेछस् तेरो छिमेकीले त्यसको डब्बल पाउने छ ! त्यो मानिसलाइ रात भरि निद्रा लागेन - उसले एक करोड पैसाको कल्पना गर्यो , तर उसको छिमेकीले २ करोड पाउने भयो , उसले एउटा बंगला पाउँदा उसको छिमेकीको २ वटा हुने भयो , उसले एउटा गाडी माग्दा उसको छिमेकीको २ वटा हुने भयो ... असैह्य पीडाले रात जलिरह्यो .... बिहानै भगवानको उपस्थिति भयो र सोध्नु भयो : - हे मनुवा, तँलाइ म के दिउँ ? - हे भगवान, कृपया मेरो एउटा आँखा फुटाई दिनुस्
Posted on: Sat, 03 Aug 2013 16:37:41 +0000

Trending Topics



Recently Viewed Topics




© 2015