कुबेतबाट नेपाललाई ठूलो - TopicsExpress



          

कुबेतबाट नेपाललाई ठूलो मात्रामा ‘फ्री भिसा’ कोटा,विदेश जाने महिलाको संख्या २७ हजार ७ सय १३ साउन, काठमाण्डौं । कुबेतबाट नेपाली कामदारका लागि ठूलो मात्रामा ‘फ्री भिसा’ को रोजगारी कोटा आउने भएको छ । कुबेत सरकारले ठूला परियोजना निर्माण गर्न लागेका र त्यसमा नेपाललाई पनि ‘स्रोत मुलुक’ का रुपमा राखेपछि ठूलो मात्रामा कामदार फ्री भिसामा त्यसतर्फ जान पाउने भएका हुन् । कुवेतमा ठूलो मात्रामा फ्री भिसा आउन लागेको जानकारी कुबेतस्थित नेपाली दूतावासले परारष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाली व्यवसायीलाई जानकारी गराइसकेको छ । दूतावासले गराएको जानकारी अनुसार नै नेपाली व्यवसायी कुबेतको रोजगार अवस्था बुझेर स्वदेश पनि फर्किसकेका छन् । विभागले पनि कुबेतको थप रोजगार कोटामा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन गृहकार्य सुरु गरेको छ । सरकारी अधिकारी र कुबेतको बजारीकरण गरेर फर्किएका व्यवसाउयीका अनुसार ५० देखि ७५ हजार नेपाली कामदार त्यहाँ रोजगारमा जान पाउने वातावरणको निर्माण भएको नयाँ पत्रिकामा खबर छ । विदेश जाने महिलाको संख्या २७ हजार ७ सय श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्या बर्सेनि बढ्दै छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक बर्ष २०६९/७० मा कामका लागि विदेशिने महिलाको संख्या २७ हजार ७ सय १३ पुगेको छ । जबकि अघिल्लो आर्थिक बर्ष २२ हजार ९ सय ५८ जना विदेश गएको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पाँच हजारले बढी हो । विभागका अनुसार यो आर्थिक वर्षमा विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने मुलुकमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्समा सात हजार ६ सय ८७ पुगेका छन् । त्यस्तै सबैभन्दा कम जापानमा एक सय १६ पुगेका छन् । यसैगरी मलेसियामा सात हजार एक सय ६३, कुवेतमा पाँच हजार नौ सय ८२, कतारमा आठ सय ९३, ओमनमा छ सय ४७, साउदी अरबमा ३ सय ६७, बहराइनमा २ सय ३६, दक्षिण कोरियामा १ सय ९० महिला वैदेशिक रोजगारीका लागि पुगेको गोरखापत्र दैनिकमा खबर छ ।
Posted on: Sun, 28 Jul 2013 04:20:45 +0000

Trending Topics



Recently Viewed Topics




© 2015