गैर जिम्मेवार नेपाल - TopicsExpress



          

गैर जिम्मेवार नेपाल सरकार सुन्दर आले । रोजगारीको लागि मलेसियामा करिव ८ लाख नेपालीहरू कार्यरत छन् । यति धेरै नेपालीहरूमा सानातिना समस्या त आउँनै नै भयो । तर मलेसिया सरकारले सेप्टेम्वर एक तारिखदेखि धरकपड सुरु गर्न थालिए पछि हाल नेपालीहरू धेरै विचल्चीमा परेका छन् । हालसम्म अवैधानिक नेपालीहरू हजारौको संख्यामा पक्रिएको अनुमान सजिल्यै गर्न सकिन्छ । अवैधाकि नेपालीहरू ट्राभल डकुमेण्ड बनाउन दुतावास ओईरो लाग्ने गर्छन् । धरकपड सुरु भएपछि हालसम्म दैनिक २०० भन्दा वढि अवैधानिकहरूले १६० तिरेर नेपाल जानको लागि ट्राभल डकुमेण्ट लिएका छन् तर उनीहरू कुन निकायबाट नेपाल जाने, अत्तोपत्तो छैन । मलेसियाको इमिग्रेसनको माध्यमबाट पास लिएर जाउ घरको पाखावारी वेच्दा पनि पुग्दैन । दुतावासको पहलमा जाउँ सयौ अवैधानिकलाई पठाउने सम्भावना नै भएन । अवैधानिक वाटो हुदै सेटिङ्गबाट जाउँ दिनँहु पक्रिएका छन् नेपालीहरू । के यस्तो अवस्थामा नेपाल सरकार चुपचाप कानमा तेल हारेर वस्नु उचित हुन्छ त ? खोई कहाँ कयो नेपाल सरकार ? कहाँ छन् राजनिति दलहरू ? कहाँछन् मानवअधिकारवादीहरू ? कहाँछन् श्रममन्त्रालयका निकायहरू ? यस्तो अवस्थामा नेपाल सरकारको टोली आएर मलेसिया सरकारसँग सम्झौता गरेर अवैधानिक नेपालीहरूलाई स्वदेशत त फर्काउन त सकिन्थ्यो नि ? किन पहल भएन ? कस्को कमजोरी हो ? अझै भन्ने हो भने नेपाल सरकारले नै नेपालीहरूलाई अवैधानिक वनाएका छन् । राहदानी पेस गरेको ६, ९ महिनासम्म पनि राहदानी उपलव्ध गर्न सक्दैन । मलेसियामा हाल भिषा अवधि करिव २ महिना वाँकी हुदाँ नै भिषा एप्लाईको तयारी गर्नुपर्ने हुन्छ । अन्यथा भिषा नलाग्न पनि सक्छ । नेपालमा एक हप्तामै अर्जेन्ट पासपोर्ट उपलव्ध हुन्छ । त्यति मात्र नभएर जनसुकै जिल्लाबाट राहदानी पेश गर्दा पनि एक महिनामा नै राहदानी दिने गर्दछन् भने मलेसियामा किन राहदानी पेश गर्दा आधा वर्ष लगाउँन् । मलेसियामा कार्यरत श्रमिकहरूले एमआरपी राहदानी वनाउँन महगो शुल्क तिरी रहेका छन् । नेपाल सरकारले राहदानी अवधि सकिएको खण्डमा या नयाँ वनाउँनु परेमा ५००० रुपियाँ र हराएको, च्यातिएको, विग्रिएको खण्डमा १००० हजार रुपिया लिने गर्छन तर अहिले मलेसियाबाट दोव्वर दस्तुर लिने गरिन्छ । हाल पासपोर्ट नविकरण गर्नुपर्दा ३२० र हराएको खण्डमा ६२० आरएम लिने गरिन्छ । उक्त रकम भनेको नेपाली ९००० र १९००० पर्न आउँछ । हामीले पैसाको भन्दा पनि सेवा सुविधाको कुरा उठाएका छौं । मलेसियाको लागि यसरी राहदानी पेश गर्दा महिनौ दिन नलाईयोस् नेपालीहरूलाई थप पीडा नदिइयोस भन्ने हो । हामीले वाराम्वार दुतावासमा यहि कुरालाई वकालत गरिरहेका छौं सानातिना कुराले भोली हजारौं नेपालीहरू माथि खेलवाड नगरियोस् । समयमै नेपाल सरकारले मलेसियाको निम्ति ध्यान दिईयोस् । मलेसियाबाट नेपाल सरकारलाई करौडौं रुपिया आम्दानी आईरहेको छ । तर समस्याको लागि पनि उक्त रकम खर्च गरियोस । अवैधानिक नेपालीहरूलाई छिटो भन्दा छिटो नेपाल फर्काउने वातावरण मिलाइयोस् । हजारौ नेपालीहरूको भविश्य माथि एक चोटी सोचिदिनोस् । सधै कानमा तेल हालेर नवसिदिनो् । गैर जिम्मेवारीको नभई एक पटक सोचिदिनु भयो भने मलेसियामा कार्यरत नेपालीहरूलाई राहत प्रदान हुनेछ । धन्यवाद । sundarale@gmail
Posted on: Mon, 23 Sep 2013 05:58:12 +0000

Trending Topics



Recently Viewed Topics




© 2015