नवजात शिशुलाई शौचालयमा - TopicsExpress



          

नवजात शिशुलाई शौचालयमा फाल्ने आमा पक्राउ इलाम, असोज १ गते । नवजात शिशुलाई शौचालयमा फाल्ने इलाम जमुना–८ की रीता राईलाई प्रहरीले आज पक्राउ गरेको छ ।शिशु जन्माउनेबित्तिकै शौचालयमा फ्याँक्ने राईलाई जमुना प्रहरीचौकीबाट खटिएको प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो । बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाममा राखिएको छ । प्रहरीले राईमाथि अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक विजय श्रेष्ठले बताउनुभयो ।सोमबार राति ८ बजे बच्चा जन्माएर शौचालयमा फालेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी टोली परिचालन भई उनलाई पक्राउ गरेको थियो ।
Posted on: Tue, 17 Sep 2013 17:48:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015