(*****)....................... गोर्खाली - TopicsExpress



          

(*****)....................... गोर्खाली सैनिकलाई तेस्रो ठूलो पदक लण्डन, आश्विन १९ - महिना अघि अफगानीस्तानमा रहेको बेलायती सैनिकको क्याम्पमा आक्रमण गर्न आएका तालिवानीसँगै खुकरीको भरमा लड्ने एक गोर्खाली सैनिकलाई बेलायतले बहादुरी पदकले सम्मान गर्ने भएको छ । आज बेलायती दरबारले प्रकाशित गरेको सूचनामा बेलायती सैनिकका राईफल म्यान तुलीजुङ गुरुङलाई मिलिटरी क्रस दिने बताइएको छ । मिलिटरी क्रस बहादुरीका लागि बेलायतमा दिइने तेस्रो ठूलो पदक हो । मार्च महिनामा अफगानीस्तानको लक्सर गानजिकै रहेको बेलायती सैनिकको क्याम्पमा आक्रमण गर्न आएका २ तालिवानी हतियारधारीलाई उनले खुकुरीको भरमा पराजित गरेका थिए । तालिवानीले हानेको गोली हेल्मेटमा लागेर ढलेका गुरुङले लगत्तै उनीहरुले प्रहार गरेको गि्रनेड पड्कनु अघि नै हातले टिपेर फालेका थिए । उनको बहादुरीका कारण क्याम्पसमा सुतिरहेका सयौं बेलायती सैनिकको ज्यान जोगिएकाले उनलाई यो पदक दिइएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती दरबारले आज प्रकाशित गरेको सूचनामा उक्त पदकका लागि उनीसहित एकसय १७ सैनिकको नाम छ । यो बर्षको अन्त्यतिर बकिंघम दरबारमा एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार दिइने छ । प्रकाशित मिति: २०७० आश्विन १९ १२:२२
Posted on: Sat, 05 Oct 2013 07:43:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015